Tuesday, April 22, 2025

पर्सा शाखाको अध्यक्षमा खनाल बिजयी:

ताजा / भरखरै प्राप्त

नेपाल पत्रकार महासङ्घ पर्साका बिरगंज – पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् ।

नयाँ कार्यसमितिका
लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको
उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जनाएको छन् ।

सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव
खुला पदमा अजयकुमार चौरसिया र कोषाध्यक्ष पदमा सञ्जीवकुमार
मिश्रा” विजयी
भएका छन् ।

महिला सदस्य पदमा कमला भण्डारी,
आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित
भएका छन् ।
अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी भए ।
खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित भए ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles