पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार
साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारू
रहेका छन् ।
उनीहरुले सुस्ता–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी
हत्या गरेको आशंका गरिएको छ ।
उनीहरू साथीभाइ रहेको
र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले
जानकारी दिएका छन् ।
ल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग
गरी पेस्तोल बनाएका
थिए ।
सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि
गोली प्रहार गरी
भागेको बताइएको छ ।
उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान
छर्रा, १२ वटा सलाई,
तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ ।
पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको बताएको छ ।
क्राउ परेकाहरूमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।