Tuesday, April 22, 2025

भारतबाट नेपाल फर्किए प्रधान सेनापति:-

ताजा / भरखरै प्राप्त

प्रधान सेनापति अशोकराज सिग्देल आइतबार स्वदेश फर्किएका छन् ।
भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएर उनी नेपाल फर्किएका हुन् ।
गत मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।त्यसक्रममा प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरे ।उनी भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदीको औपचारिक निमन्त्रणमा भारत गएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles