Monday, April 21, 2025

सशस्त्र प्रहरीद्वारा भन्सार छलीको कपडा बरामद :

ताजा / भरखरै प्राप्त

पर्सा बिरगंज । पर्साबाट ३० लाखभन्दा धेरैको भन्सार छलिको कपडा सशस्त्र प्रहरीले बरामद गरेका छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञ्जका डीएसपी सुरज रिजाल र भन्सार कार्यालयको संयुक्त
टोलीले शनिवार राति भन्सार छलेको कपडा बरामद गरेको हो ।

भन्सार छलेर गोदाममा राखिएको कपडा र कस्मेटिक सामान
बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।

कुर्ता सुरुवाल १ हजार ६ सय २७ थान, स्कार्फ १ हजार ७ सय २२ थान,
सल २ हजार ७ सय ६८ थान, लेडिज ब्याग,
साडी पिन , लङ कोट बरामद गरिएको छ ।
सो कपडा पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको
बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles