Saturday, June 28, 2025

लागुऔषध सहित २ जना मानिस पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोक स्थितमा रहेको परासी अतिथि गृह एण्ड रेष्टुरेण्ट अगाडी घण्टाघर तर्फ (पश्चिम) बाट बुद्धचोक (पुर्ब) तर्फ जाँदै गरेको जिल्ला नवलपरासी (ब.सु.प.) सरावल गा.पा. ७ भन्सारटोल बस्ने
मुवारक डफालीको छोरा वर्ष २८ को अम्जद डफालीले चलाई आएको UP57AX2680 नं.को मो.सा. र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने जाहिद अलि डफालीको छोरा वर्ष २१ को
हासन डफालीलाई बिषेश सुचनाको आधारमा
लागु औषध नियन्त्रण
ब्युरो शाखा भैरहवा रुपन्देही र जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) बाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी कानुन बमोजिम
रोकी निजहरुको शरिर तथा निजहरुले बोकेको झोला रितपुर्वक चेकजाँच गर्दा उक्त मोटरसाईकलको पछाडी सवार हसन डफालीले पछाडी बोकेको कालो रङको HP लेखेको झोला भित्र ५ वटा कालो प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा निम्न परिमाणको ला.औ.
सहित मानिस तथा मो.सा. रितपुर्वक वरामद पश्चात् थप अनुसन्धान कार्य भइरहेको ।
निम्न:-
१) 2/2ml लेखेको डाईजेपाम ९८५ एम्पुल
२) 2/2ml लेखेको फेनरागन ९८७ एम्पुल
३) 2/2ml लेखेको बुप्रिनुर्फिन १००५ एम्पुल
४) Samsung कम्पनिको मोवाईल थान-२
५) Gamexy कम्पनिको Keypad मोवाईल थान-१
६) UP57AX2680 नं.को Hero कम्पनिको Splender मोटरसाईकलथान-१ प्रहरीले पक्राउ गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles