Sunday, June 29, 2025

चन्दले सम्हाले सुदूरपश्चिम प्रदेशको कमाण्ड;

ताजा / भरखरै प्राप्त

प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन् ।
धनगढी आइपुगेका डीआईजी चन्दले आज प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् ।
प्रहरी प्रधान कार्यालयले डीआईजी रवीन्द्र केसीको ठाउँमा चन्दको सरुवा गरेर पठाएको थियो ।
हालै डीआईजीमा बढुवा भएका चन्दको घर सुदूरपश्चिम प्रदेशमै
रहेको छ ।
पदभार ग्रहण गर्नुअगाडी चन्दलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लगायत कैलाली र कञ्चनपुरस्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरुले स्वागत
गरेका थिए ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सुव्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए ।
डीआईजी चन्दले मातहतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, शुसाशन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार ल्याउन निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles