Tuesday, July 1, 2025

रविलाई थप चारदिन हिरासतमा राख्नअनुमति?

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति
दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।अभियोजन नगर्दासम्म लामिछानेलाई हिरासतमा राख्न म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।लामिछानेलाई गत
कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो।सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुँदा पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिसकेका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles