Sunday, June 29, 2025

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा

ताजा / भरखरै प्राप्त

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो ।कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा
खेल्नेछ ।
१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन ।
अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३
रन बनाए ।
एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले
२१ रन बनाए ।
त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक
प्रहार गरेपछि कीर्तिपुरस्थित
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए ।
यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का
प्रहार गरे ।
जिसन मक्सुदले १४ रन योगदान गरे ।ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् ।
बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles