Sunday, June 29, 2025

६८ लाख रूपैयाँ नगदसहित चारजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

६८ लाखसहित काठमाडौंमा चारजना मानिसलाई प्रहरीले पक्राउ गरेको छन् ।

काठमाडौंबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चारजनालाई मंगलबार (हिजो) राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९, सिनामंगल शम्भुमार्गस्थित सडकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२, दोभानपुलका ४६ वर्षीय राजकुमार माली, काठमाडौं–१०, नयाँ बानेश्वरका १८ वर्षीय एक किशोर, काठमाडौं–७, शान्तिगोरेटोमा बस्दै आएका झापाको अर्जुनधारा नगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापाकै बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय युवराज सुवेदी रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles