

पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित
दाङको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन् ।
बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको
दर्शन गरिरेका पूर्वा राजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन
गरेका हुन् ।
मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र
आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले
पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइरहेका
छन् ।
धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत जिल्ला जिल्लाहरुमा निस्किए
पनि यसपटक भने एक महिने कार्यक्रमका साथ उनी नेपालगञ्ज बस्दै आएका छन् ।
पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको विश्वकै अग्लो त्रिसुल रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न गर्न आउने क्रममा पूर्वा राजालाई नागरिकस्तरबाट भव्य स्वागत गरिएको छ ।
तुलसीपुरमा बाहीनी चौक.देखि, जेसिस चौक, बिपि चौक र बिरेन्द्र चौकसम्म पुर्ब राजालाई नागरिक अभिनन्दन गरिएको छ ।