Sunday, April 20, 2025

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा पुग्यो:

ताजा / भरखरै प्राप्त

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।

कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

आज,बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा
गरेको छ ।

जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा
गर्ने छन् ।
फाइनल खेल शनिबार
हुने छन् ।

सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।

जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५
रन बनाए ।
शेर मल्लले अविजित
१६ रन जोडे ।
शेरले १० बल खेल्दा
१ छक्का प्रहार गरे ।
हर्श थाकरले १७,
मयन यादवले १५ र आकाश त्रिपाठीले
१३ रन जोडेका छन् ।बलिङमा कर्णालीका विपिन प्रसाद शर्माले
४ ओभरमा १७ रन
खर्चेर ३ विकेट लिए हो ।

सोमपाल कामीले, र विलियम बोसिस्टो तथा जिसन मक्सुदले समान १ विकेट लिएको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles