धनुषाजिल्लामा बोराभित्र एक जना मानिसको
शव फेला परेको छ ।
धनुषा जिल्लाको मिथिला
बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जना मानिसको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी
दिएका छन् ।
प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला
परेको हो ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरीको टोली परिचालन गर्न लागाइएको डीएसपी सिंहले बताएका छन् ।
डीएसपी सिंहका अनुसार हिजो बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयहरूले जानकारी गराएका थिए ।