

धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर आगो नियन्त्रणमा लिएका हुन् ।आगो नियन्त्रणका लागि ८९ जना नेपाल प्रहरी, ६४ जना नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो प्रहरीले बताएको छ ।