
धनुषामा एक पुरुषको शव बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको छ ।
धनुषा प्रहरीका अनुसार मिथिला नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा शव
भेटिएको हो ।
बोराभित्र अन्दाजी ३०/३५ वर्षीय पहिचान खुल्न नसकेको युवकको शव सडेगलेको अवस्थामा
फेला परेको धनुषा प्रहरीले जनाएको छ ।