Monday, June 30, 2025

मडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईं रिहा:

ताजा / भरखरै प्राप्त

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएकोमा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेकोमा सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को
पक्राउ पुर्जीको आधारमा पुनः पक्राउ गरेको थियो। यससँगै प्रसाईं रिहा हुने भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles