
एसीसी महिला यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
११ ओभरमा छुट्याइएको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो।
नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटको क्षतिमा पूरा
गर्यो ।
बंगलादेशका लागि फहोमिडा चोयाले सर्वाधित २६ रन बनाइन्।
त्यस्तै सुमैयाले १० रन बनाइन् भने इभाले १८ रन बनाइन् ।
यसअघि नेपालका लागि साबित्री धामीले सर्वाधिक ११ रन बनाइन्।
त्यसबाहेक अन्य खेलाडीहरूले दोहोरो अंकको रन जोड्न
सकेनन् ।