Sunday, June 29, 2025

बाजुरामा आज,बिहानै ५ रेक्टर भुकम्पको धक्का:

ताजा / भरखरै प्राप्त

बाजुरामा बिहानै भूकम्पको धक्का,
क्षतिको विवरण आउन बाँकी रहेको छ ।

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ ।
गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।
भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।
भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles