



पर्सा जिल्लाको वीरगञ्जका सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्ज वडा नम्बर एक
छपकैयाको प्रगतिनगर एक घरमा छापामारी गरी ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार
ट्रामानिल नामक लागुऔषधका १ लाख ५१ हजार ८६६ ट्याबलेट बरामद गरिएको हो।
प्रहरीका अनुसार लागुऔषध एक घरबाट बरामद गरिएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।