Sunday, June 29, 2025

बाराको रमाैलीमा शव बरामद शव प्रहरीको भान्सेको

ताजा / भरखरै प्राप्त

बारामा आज,बिहान फेला परेको शव पहिचान
खुलेको छ ।

सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि
गरेको छ ।
बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बेवारिसे अवस्थामा फेला परेको
शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बताए ।
उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज बिहान मृत भेटिएका हुन ।
’बेवारिसे हत्या गरिएको अनुमान रहेता पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए ।
उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौँ ।
सम्बन्धित सबैसँग सोधपुछ चलिरहेको छ ।
त्यसकारण अहिले केही बोल्न सकिने अवस्था
छैन ।
’बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो ।
यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी
दिएको छ ।
मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles