Tuesday, July 1, 2025

दुर्गा सिंह र भरत बोहराले लगाए एआईजीको फुली ।

ताजा / भरखरै प्राप्त

प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
हुनुभएको छ ।
प्रहरी महानिरीक्षक बसन्त
बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र
भरत बहादुर बोहरा तथा
प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक
प्रहरी उपरीक्षकहरू
डा. राम प्रसाद शर्मा,
डा. नविन लागेजु,
डा. समृद्धि कार्की,
डा. अन्जली तण्डुकार र
प्रदिन ताम्राकार हुनु
भएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै
प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles