Tuesday, January 27, 2026

मकवानपुरमा १३७ केजी गाँजा प्रहरी द्वारा बरामद:

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीले १ सय ३७ केजी गाँजा बरामद गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरतर्फ गाँजाको भारी बोकेर गइरहेको अवस्थामा राप्ती खोलामा प्रहरीलाई देखेपछि गाँजाको भारी नै छाडेर भरियाहरु भागेका छन् ।१२ जनाको समूहमा रहेका भरियाहरुले राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारि बसेको थियो, प्रहरीलाई देखेर भरियाहरु गाँजाको बोरा छाडेर भागेको छन् ।
प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताएका छन् ।
उनका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद
गरेको हो ।
‘गाँजाको बोरा छाडेर भाग्नेहरुको खोजी गरिरहेका छौं,’
इप्रका मनहरीका प्रहरी अधिकृतले बताएको छन् भने ।
राक्सिराङबाट गाँजा खरिद गरेर मनहरी गापाका विभिन्न नाका हुँदै भारततर्फ लैजाने गरेका छन् ।मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि पुस ६ गतेसम्म ३ हजार ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles