गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।
एआईको दुरूपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरेपछि २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको समीक्षाले जानकारी दिइन् ।
शनिबार बेलुका उनले उजुरी दिएको विवरण समेत सामाजिक सञ्जालमा राख्दै यसबारे जानकारी दिएकी छन्।सस्तो लोकप्रियता कमाउने उद्धेश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्न समेत उनले अनुरोध गरेकी छन् ।