Sunday, June 29, 2025

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा तस्करी:

ताजा / भरखरै प्राप्त

पर्साकाे पाेखरिया क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे सेटिङ र संरक्षणमा व्यापक तस्करी भैरहेको बुझिएको छ ।

नेपालबाट चाइनिज लसुनकाे तस्करी यसै क्षेत्रकाे नाकाबाट तस्करी भैरहेको छ ।
नेपाल भित्रिएको चाइनिज लसुन सीमावर्ती क्षेत्रमा लगेर गाेदामहरूमा राख्ने र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मिलाएर अनुकूल समयमा भारत तस्करी गर्ने काम पाेखरिया मातहतका नाकाबाट हुदै आएको छ ।

त्यसैगरी भारतीय क्षेत्रबाट चिनी , हार्डवेयर , काजु , बदाम लगायतका सामानहरूकाे ठूलो
तस्करी चलिरहेको छ ।

यो क्षेत्रबाट दुबै प्रहरीले तस्करी गर्न लाइन दिएकाहरूमा हरेराम , चन्दन , रामाधार , रन्जित लगायतका छन् ।

लामो समयदेखि बसेका घुमुवा अनि टेण्डर हालेर राम्रो ठाउँमा सरूवा मिलाएर जाने प्रवृत्ति प्रहरीमा रहेका छन् । त्यसको कारण पनि तस्करहरूले मातहतका थाना , चाैकी , इप्रका ,
बडा प्रहरी र तिनमा लामो समयदेखि कार्यरत घुमुवाहरूलाई मिलाएर खुलेयाम तस्करी गरिरहेका छन् ।
इप्रका पाेखरियामा अहिले प्रमुखको रूपमा स्वरूप शर्मा कार्यरत छन् ।
उनले आर्थिक काराेवारका लागि हवल्दार श्रीलाल महत्ताे मण्डललाई घुमुवाकाे रूपमा परिचालन गरेका छन् ।

काराेवारीहरूसंग भेट्ने र रकम उठाउने काम उनैले गर्दै आइरहेका छन् ।
घुमुवा महत्ताे लामो समयदेखि पाेखरियामा घुमुवाकाे रूपमा कार्यरत छन् ।
यसअघि पनि घुमुवा बसेका उनी धेरै तस्कर
तथा व्यापारीहरूबाट
रकम असुली गरेको
कारण बदनाम मात्रै भएनन , प्रहरी मुख्यालयमा उजुरी परेपछि छानबिन पश्चात् उनलाई अन्यत्र लखेटिएकाे थियो । फेरि पछि च्यानल मिलाएर आएका महत्ताे पुनः घुमुवा बसेर पुरानै धन्दामा सक्रिय रहेका छन् ।
त्यसैगरी यहाँको तस्करीमा सशस्त्र प्रहरीको पनि पूर्ण रूपमा सेटिङ र संरक्षण रहेको छ ।

सशस्त्र प्रहरीको बिऔपीका प्रमुखहरेकले पनि तस्करीमा साथ र सहयोग रहेको देखिन्छ ।

त्यसैगरी वडाप्रहरी कार्यालय बिर्ताका प्रहरीका घुमुवा जवान सन्जय जयसवाल छन् केही दिन अगाडी पर्सामा थिए त्यस् पछि, पर्साबाट धनुषाधाम जनकपुरमा कार्वाही का लागि प्रदेशमा तानिएको थिए प्रदेशमा कुरो मिलाएर पुनः पर्साका वडा प्रहरी कार्यालय बिर्तामा घुमुवाको रूपमा काम गर्दै आएका छन् ।

जवानलाई तिन पटक फाेन गर्दा उठाएनन् भने एक पटक अर्को व्यक्तिले उठाएर माेवाइल चार्जमा रहेकाे बताए भने सन्जय साेध्दा उनी यहाँ नभएको बताएर फाेन राखिदिए ।

सशस्त्र प्रहरीका बिओपि. सिक्षा औपीस छपकैया प्रमुखहरू तस्करी नभएको दावी गरेपनि सीमावर्ती क्षेत्रमा जाने जाेकाेहीले पनि देख्न सक्छ कि तस्करी कसरी भैरहेछ भन्ने कुरा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles