Tuesday, July 1, 2025

पर्सामा लागूऔषध ट्रामाडोल सहित एकजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा, जिल्लाको वीरगंज महानगरपालिका-३ प्रगतिनगर टोलस्थित श्रृष्टी किराना जेनरल स्टोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ५१ हजार ८ सय ६० ट्याब्लेट सहित स्टोरका संचालक सोही महानगरपालिका-१ बस्ने ३८ वर्षीय राजाराम महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध लागूऔषध खरिद विक्री तथा अनाधिकृत रूपमा भण्डारण समेत भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छप्कैया र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेक्वा चिनीमिल पर्साबाट खटिएको संयुक्त टोलीले स्टोर तलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी राजारामलाई पक्राउ गरेको हो ।
उनी विरूद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles