Monday, June 30, 2025

कार्यवाहक सभापतिमा डीपी अर्याल:-

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको छ ।
सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त
प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले
जानकारी दिए हो ।
पार्टीको सचिवालय बैठक भर्चुअल बसेको थियो ।

सचिवालयको बैठकमा
केन्द्रीय समिति बैठक
चाँडै बस्नेबारे छलफल गरेको पनि प्रमुख सचेतक परियारले जानकारी दिए ।रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने
भएका छन् ।

लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि
नयाँ नेता चुन्नुपर्नेछ ।

संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने
बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles