

रौतहट चन्द्रपुर न.पा. वडा नं. ९ सिंधुरेघाडी स्थितमा ऐ.ऐ बस्ने रामकाजी गुरुङले आफ्नै घर आङगनमा पार्किङ
गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा.
८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएकोमा उक्त मोटरसाईकल
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटी गएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा रौतहट चन्द्रपुर नगरपालिका वडा नं.१० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाईकल सहित ऐ.
ऐ बस्ने नेमी चौधरीको
छोरा अं. वर्ष १९ को आयुष चौधरीलाई फेला पारी पक्राउ गरी म्याद थप भई अनुसन्धान भईरहेको राैतहट प्रहरीले बताएका छन् ।