
नेपाल प्रहरीका ७०८
जना सहायक हवल्दार हवल्दारमा बढुवा
भएका छन् ।
जनपद प्रहरी समूहतर्फका सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको छ ।
उनीहरुलाई प्रचलित नियमानुसार तलव,
भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट
पाउने गरी पदस्थापन गरिएको छ ।
साथै उनीहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन
समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।