Monday, June 30, 2025

बाराको फेटा गाउँपालिका मा झाडु जुलुस:-

ताजा / भरखरै प्राप्त

फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारी बिरूध स्थानीय महिलाहरूले झाडु जुलूसको प्रदर्शन
गरेका छन ।

फेटा गाउपालिका वडा नम्बर ६ स्थित रहेको मदर्शा हुसैनिया इनर्वा पुरैनियामा ब्यवस्थापन समितिका पदाधिकारीलाइ मनमौजी पाराले चयन गरेको बिरोधमा जाडु जुलूस प्रदर्शन गरेका हो ।

मदर्शाको प्राध्यापक लागयत अभिभावकहरूलाई समेत जानकारी नै नगराइ ब्यवस्थापन समिति मनमौजी पाराले चयन गरेको बिरोधमा स्थानीयहरूले
झाडु जुलूसको प्रदर्शन गर्न बाध्य भएको सहभागी भएका महिलाहरूले बताएका छन् ।

झाडु जुलूसमा मेयर रूस्तम अन्सारीलाई गाली गर्दै नारा
जुलूस लगाएका थिए ।
फेटा चौकबाट निस्केको जुलूस गाउपालिका नपुग्दै मेयर रूस्तम अन्सारी कार्यालय छोडी फरार भएको प्रत्यक्षदर्शीहरू
बताएका छन् ।
जुलूसमा करिब १०० सय भन्दा बढी स्थानीयहरूको सहभागिता रहेको
देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles