Tuesday, July 1, 2025

हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने पक्राउ:-

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको
आरोप लागेका
निकोलस भुसाल पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो ।
उनी बुटवलबाट
काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ
गरिएको बताइएको छ ।गएको बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो
भाइरल भएको थियो ।
बिहीबार भुसालले सामाजिक मार्फत
आफैले तस्विर खिचेको दाबी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles