Monday, June 30, 2025

रास्वपाले भन्यो–रविलाई निलम्बन गर्न मिल्दैन:-

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न खोजिएको टिप्पणी
गरेको छ ।
लामिछानेको सांसद पद निलम्बनपछि सङ्घीय संसद् सचिवालय पत्र पुगेपछि रास्वपा नेता दीपक बोहराले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘रानीतिक पूर्वाग्रहबाट प्रेरित भएर सांसद निलम्बन गर्न खोजिएको स्पष्ट देखियो ।’
उनले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को गलत व्याख्या गरिएको पनि दाबी गरेका छन् ।उनले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ ले पद निलम्बन हुनेमा जनप्रतिनिधि नभइ राष्ट्रसेवक भनेको उल्लेख गर्दै उनले भनेका छन्,
‘तर, सांसद राष्ट्रसेवक होइनन्, जनप्रतिनिधि
हुन् ।’
उनले थपेका छन्,
‘विगतमा नेपालका विभिन्न मुद्दाहरूमा न्यायालयले ‘राष्ट्रसेवकुको परिभाषा कार्यकारी शाखासम्म सीमित रहने भनेर व्याख्या गरेको छ ।
सांसदहरूको जिम्मेवारी विधायिकासम्बन्धी हुने भएकाले उनीहरू कार्यकारी भूमिकामा रहेजस्तो व्यवहार गर्न
वा राष्ट्रसेवक मान्न
सकिँदैन ।
’यस्तै प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को दफा २४८ ९३० अनुसार सांसद पद निलम्बन हुन पुर्पक्षका लागि थुनामा बस्नैपर्ने हुनुपर्ने हुनुपर्ने
बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles