Monday, June 30, 2025

इँटा बोकेका ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

पृथ्वीराजमार्ग अन्तर्गत
पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज, बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उक्त ट्रकको चालक उदयपुर निवासि ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिएका छन् ।

तनहुँका डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करपश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट
खसेर दुर्घटनाग्रस्त
भएको हो ।

स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles