
बाबु र भाईको हत्या आफुले नै गरेको भन्दै मिलनले आत्मासमर्पण, गरेको छन् ।
भक्तपुरको बालकोटमा सोमाबार बिहान भएको घटनामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मृतक कुलप्रसाद आचार्यका जेठा छोरा मिलन आचार्य रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षका उनलाई हत्याको आशंकामा पक्राउ गरेको हो ।
पक्राउ परेका मिलनले पनि आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको श्रोतले जानकारी
दिएको छ ।
हिजो सोमबार बिहान भक्तपुरको बालकोटस्थित एक कोठामा चाबी लगाएकै अवस्थामा खोटाङका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत
फेला परेका थिए।
उनीहरूसँगै बस्ने कुलप्रसाद जेठा छोरा मिलन भने हिजो फरार रहेको थियो ।
उनीमाथि आशंका गरी प्रहरीले घटनालगत्तै
खोजी कार्यलाई तीब्रता दिएको थियो ।