
सुनसरी प्रहरीले अवैध हतियारसहित एक जना मानिसलाई पक्राउ
गरेको छ ।
सुनसरीको भोक्रा नर्सिङ गाउँपालिका -२ अकाहा बजार बस्ने खुर्सेद आलमको घरमा छापामारी गरि चाइनिज पेस्तोलसहित शमशेर आलमलाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा खुर्सेदआलमको घरमा छापामारी प्रहरीले उनलाई अवैध हतियारसहित
पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खुर्सेद आलम फरार रहेकाले खोजी
जारी भईरहेको प्रहरीले बताएका छन् ।
पेस्तोलसहित पक्राउ परेका शमशेर आलमलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।
आलमको साथबाट एकथान अत्याधुनिक चाइनिज पेस्तोल, र पेस्तोलको म्याग्जिन एकथान र २ वटा गोली बरामद गरिएको प्रहरीले बताएको छन् ।