
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश बिभागको मिति २०८१।०९।०७ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा नियूक्ती हुनु भएका प्रहरी हवल्दारहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभित हुनु भएको छ ।
पदोन्नति हुनु भएका यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी हवल्दार तारा बहादुर गुरुङ,केशर बहादुर दोङ र रमेश बहादुर तामाङहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई थप जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रहरी निरीक्षक सुन्दर चौलागाँई लगायतका अन्य प्रहरी कर्मचारीहरु समेतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।