Monday, June 30, 2025

बाबु र भाईको हत्याराले गरे आत्मसमर्पण:-

ताजा / भरखरै प्राप्त

बाबु र भाईको हत्या आफुले नै गरेको भन्दै मिलनले आत्मासमर्पण, गरेको छन् ।

भक्तपुरको बालकोटमा सोमाबार बिहान भएको घटनामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मृतक कुलप्रसाद आचार्यका जेठा छोरा मिलन आचार्य रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षका उनलाई हत्याको आशंकामा पक्राउ गरेको हो ।

पक्राउ परेका मिलनले पनि आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको श्रोतले जानकारी
दिएको छ ।

हिजो सोमबार बिहान भक्तपुरको बालकोटस्थित एक कोठामा चाबी लगाएकै अवस्थामा खोटाङका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत
फेला परेका थिए।

उनीहरूसँगै बस्ने कुलप्रसाद ‍जेठा छोरा मिलन भने हिजो फरार रहेको थियो ।
उनीमाथि आशंका गरी प्रहरीले घटनालगत्तै
खोजी कार्यलाई तीब्रता दिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles