
भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा बाबु-छोरा
मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ
परेका छन् ।
कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सोमबार मृत भेटिएका थिए ।
प्रहरीको सम्पर्कमा
आएका उनका जेठो छोरा
मिलन हुन् ।
अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगंज प्रहरी वृत्तमा राखेर सोधपुछ
गरिरहेको छ ।
उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।