
चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ ।
चिसोले बिहान बेलुकी हातमुख धुनसमेत कठिन भएको छ ।
आज बिहानै देखि आकाशमा बादल
लागेपछि चिसो बढेको हो ।
आकाशबाट पानी भूइँमा खस्नेबित्तिकै जम्ने हुनाले थप कष्टकर बनेको छ ।
चिसोले बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर निस्कन सकेका छैनन्।
घरघरमा आगो बालेर बसेका छन् ।
सदरमुकाम खलंगाका हरेक दोकान तथा चोकअगाडि आगो
तापेर दिन काटिएको छ, भने चिसोले सदरमुकामको चहलपहल घटेको छ ।
चिसोले सवारीसाधन स्टार्ट नहुँदा आगोले तताउनुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई कार्यालय बाहिरै आगोबालेर सेवा दिनुपरेको कर्मचारीले बताएका छन् ।
हावापानी फिल्ड कार्यालय
जुम्लाका अनुसार आज
जुम्लाको तापक्रम माइनस
३ डिग्री सेल्सियससम्म झर्यो ।