
अमेरिको सपना देखाएर मानव बेचबिखन गर्ने गरेको निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ
गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले
बताएका छन् ।
‘अमेरिकामा ६ लाख सम्म तलब हुन्छ’ भनेर पीडितलाई उनले दुबईमा लगेर बन्धक
बनाएको आरोप
लागिएको छ ।
जाहेरवालासँग उनले १४ लाख ८० हजार रुपैयाँ लिएका थिए” आरोपीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो ।
मङ्सिर २५ मा काठमाडौँमा ल्याएर उनीबिरुद्ध अनुसन्धान भइरहेको एसपी रिमालले जानकारी दिएका छन् ।
नेपालीको गिरोहमा आबद्ध ४ जना फरार रहेको छन् ।
अमेरिका सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको पीडितहरू बताउँछन् ।