Tuesday, April 22, 2025

बलात्कारको आरोपमा तीन जना पक्राउ

ताजा / भरखरै प्राप्त

मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान,
१९ वर्षीय सुनिल कुमार साह र भारतको विहार राज्य अररिया घर भई
हाल कटहरी २ ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर पक्राउ छन् ।

पीडितसँगको बयान
एवं घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद
थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ ।

मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको आरोप छ ।

सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको मोरङ प्रहरील बताउँछन् ।

उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी
दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles