
हत्या गरेर घरको पछाडि शव गाडेको अवस्थामा फेला परेको छ ।
धनुषाको जमकपुरधाममा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको छ ।गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिएका छन् ।प्रहरी निरीक्षक साहका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । श्रीमान दशैयाकै बयान अनुसार श्रीमती रेशमीको शव फेला परेको हो ।मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म श्रीमान्-श्रीमतीबीच झगडा भइरहेको थियो । दशैयालाई प्रहरीले पक्राउ गरेको छ । राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।