Tuesday, April 22, 2025

जसपा कार्यकर्ताले हरिन्द्रको आठ लाखको धान पराल जलाएको आरोप”

ताजा / भरखरै प्राप्त

जनता समाजवादी पार्टी (जसपा)संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवका कार्यकर्ताहरुले आफ्नो साढे तीन बिगाहा जग्गामा उब्जेको धानमा आगो लगाई नष्ट गरेको हरिन्द्र यादवले आरोप लगाएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर निवासी हरिन्द्रले नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भने, ‘पुस ६ गते गाँउमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आउने कार्यक्रम रहेको थियो ।
कार्यक्रम मेरो जग्गामा हुने तय गरिएको थियो ।
पुस ५ गते बेलुका
मेरो गाउँले मन्त्री प्रदीप यादवका कार्यकर्ता नरेश यादवले आफ्नो फोनबाट मेरो साथी नरेश ठाकुरको फोनमा व्हाट्सएप कल गरी मेरो नेताको बारेमा जथाभावी बोलेमा ठीक हुँदैन भन्दै कार्यक्रममा सहभागी नहुन गाउँलेहरुलाई दबाव
सृजना गर्दा पनि कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको निहुँमा मेरो १,१२० बोझा खलीहानमा थुपारेको धानमा ६ गते राति डिजेल, पेट्रोल छर्किएर आगो लगाइदिएका छन् ।

उनले आगो लगाई धान जलाएपछि नरेश यादवले आफ्नो फेसबुकमा मिसन कम्प्लिट भनी लेखेको स्क्रिनशट पर्सा प्रहरीलाई उपलब्ध गराएको हो पत्रकारहरुलाई
बताएका छन् ।

यस आपराधिक उपद्रव सम्बन्धित अपराधमा
नरेश यादवसँगै संलग्न रहेका उमेश साह तेली, पन्नालाल महतो कोइरी र अनिल यादव भन्ने प्रदीप यादवविरूद्ध जिल्ला
प्रहरी कार्यालय पर्सामा उजुरी दिएको भएता
पनि कुनै कारबाही
आगाडि नबढाइएको हरिन्द्रको आरोप छ ।

सोही पत्रकार सम्मेलनमा बोल्दै जासपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले पर्साको प्रहरी आफ्नो कर्तव्यबाट
बिमुख भएको आरोप लगाउँदै दुई दिन भित्रमा दोषी माथि कारबाही आगाडि नबढाएमा
आफ्नो पार्टी शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवको वडामा भएको
यो जधन्य प्रकृतिको घटनाको सन्दर्भमा
उनीसँग बुझ्दा उनलेप्रहरीले सत्य तथ्य पत्ता लगाउने कुरामा आफू विश्वस्त
रहेको बताउँदै यस्तो
क्षुद्र प्रवृत्तिको हर्कतमा आफ्ना कार्यकर्ताहरुको नाम मुछिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले प्रहरी सुक्ष्म अध्ययन अनुसन्धानमा जुटेकोले परिणाम छिट्टै आउनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

यो आगलागीमा आफ्नो
७ लाख ९१ हजार ८०० रुपैयाँको धान र पराल जलेर क्षति भएको हरिन्द्रको दाबी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles