Tuesday, April 22, 2025

नवलपरासी “नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न”

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) को आयोजना तथा मातहत इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीको सहकार्यमा जिल्ला नवलपरासी (ब.सु.प.) सुनवल नगरपालिका वडा नं.०४ स्थित महाकवि देवकोटा क्याम्पसको सभाहलमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको अध्यक्षतामा, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधीहरु, उद्योग वाणिज्य संघ, सुनवलका अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, युवा क्लब, आमा समूह, विद्यार्थी तथा स्थानीय सर्वसाधारणहरु समेत गरी १५० जनाको उपस्थिति रहेको, कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गर्नु भएको, कार्यक्रममा सहभागीहरुबाट लागुऔषध नियन्त्रणका कार्यक्रमहरुलाई लक्षित गरी आगामी दिनहरुमा थप योजना सहित अगाडी बढ्न सुझाव प्राप्त भएको र सहभागीहरुबाट उठेका सवाल तथा जिज्ञासाहरुको यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल तथा कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले जवाफ सहित सम्बोधन गर्नु
भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles