राजविराज– सप्तरी प्रहरीले पुस लागेपछिका ११ दिनमा २४ जना फरार प्रतिवादीलाई पक्राउ
गरेर अदालतमा जिम्मा लगाएको छ ।
अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा ती प्रतिवादीहरु पक्राउ
परेका हुन।
पक्राउ परेकाहरुबाट १२ वर्ष १० महिना कैद र १५ हजार ७४६ रुपैयाँ त्रिसठ्ठी पैसा जरिवाना असुल हुने प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सवैभन्दा वढि कञ्चनरुप नगरपालिकाका ८,
रुपनी गाउँपालिका र राजविराज नगरपालिकाका ४÷४, शम्भुनाथ नगरपालिका र तिरहुत गाउँपालिकाका ३÷३ तथा हनुमाननगर कंकालिनी नगरपालिका र विष्णपुर गाउँपालिकाका १÷१
जना छन्।
प्रहरीका अनुसार कञ्चनरुप नगरपालिकाका बद्री दास, सन्तलाल दास, सुगम्बर यादव, बालकिशुन यादव, बचु रोहीत यादव, बाबजी यादव, बालेश्वर यादव र प्रेम नारायण
भन्ने कारी यादव
पक्राउ परेका छन्।
रुपनी गाउँपालिकाका कानसिवलाल गुरमैता, कादामोदर साह,
अन्तलाल चौधरी रामबिलास यादव तथा राजविराज नगरपालिकाका प्रबोध नारायण सिंह राजपुत, बब्लु मण्डल, काराजेश मण्डल र मिरा मण्डल पक्राउ परेका छन्।
यस्तै, शम्भुनाथ नगरपालिकाका राम आशिष मण्डल, बद्री नारायण हलुवाई र शिवचन्द्र पण्डित तथा तिरहुत गाउँपालिकाका चन्देश्वर मुखिया मलाह, नसिवलाल गुरमैता र जोगेन्द्र गुरमैता पक्राउ परेका छन्।
हनुमाननगर कंकालिनी नगरपालिकाका कृष्ण कुमार मुखिया र विष्णुपुर गाउँपालिकाका मो. ओसिम पक्राउ परेको सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले जानकारी दिएका छन् ।