कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइते
भएका छन् ।
न्यौपानेको निधारमा गोली लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताएका छन् ।
न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना
गरिएको छ ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन् ।