Sunday, June 29, 2025

डाक्टर बनेर नगद र गरगहना लुटपाट,मण्डल पक्राउ:

ताजा / भरखरै प्राप्त

नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले जितेन्द्रलाई
पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ
गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्क बस्ने जितेन्द्र मण्डल रहेको छन् ।

उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए ।
आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए ।
औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ ।

प्रारम्भिक अनुसन्धान
गर्दा सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles