Tuesday, April 22, 2025

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन:-

ताजा / भरखरै प्राप्त

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।
सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा
निधन भएको हो।
अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।
मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी
गराउँदछौं ।
उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो ।

बेलुकी ८ बजेर १० मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा डा.ले सबै प्रयासको बाबजुद
राति ९ बजेर ५१ मिनेटमा मृत घोषणा गरियेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles