

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा प्रहरी वृत्त बालाजु, नेपाल प्रहरी संगित महाविद्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र वालाजुको सहकार्यमा जिल्ला काठमाडौं तार्केश्वर नगरपालिका वडा नं.०५ लोलाङ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको प्रङगणमा सामुदाय-प्रहरी साझेदारी तथा घरेलु हिंसा, लागु औषध र Cyber Crime न्यूनिकरण सम्बन्धी सचेतनामूलक सांगितिक कार्यक्रम सम्पन्न
भएको छ ।
उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी सह-कोषाध्यक्ष श्रीमती संगिता लम्साल, सह-सचिव (कार्यक्रम) श्रीमती अनिता ढकाल अधिकारी, सह-सचिव प्रशासन श्रीमती चेतना चन्द शाही, कार्यसमितिका सदस्य श्रीमती राधिका ज्ञावली, श्रीमती मन्जु पौडेल, श्रीमती अनिता ढकाल पौडेल, श्रीमती अरिना राई प्रधानध्यापक नारायण शर्मा काप्री, पुर्व क्याम्पस चिप डा.घनश्यमा पुडासौनी, वडा सदस्य जयराम अर्याल अन्य सिनियर प्रहरी अधिकृत, समाजसेवी, प्रहरी कर्मचारीहरू, शिक्षक शिक्षिकाहरु, विद्यार्थी भाइबहिनीहरु तथा सर्वसाधरण महानुभावहरु समेतको सहभागिता रहेको थियो ।