Monday, June 30, 2025

एसएसपी पदका लागिपाँच टोलीका एसपीबीच प्रतिस्पर्धा हुदै:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीमा रिक्त हुने २५ एसएसपी पदका लागि प्रतिस्पर्धा झन् हुँदै गएको छ ।
बढुवामा नयाँ टोलीका एसपीहरू समेत शक्तिकेन्द्र धाउन थालेपछि बढुवा अझै लम्बिने सम्भावना देखिएको छ बढुवामा पाँच टोलीबिच प्रतिस्पर्धा हुने भएको छ । फरक–फरक समयमा बढुवा भएका यो ब्याचका ६० भन्दा धेरै एसपीहरु बढुवा हुने प्रतिस्पर्धामा छन् ।
पहिलो लटमा बढुवा हुने रमेश थापा,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी, कमल थापा छन् ।दोस्रो लटमा बढुवा भएका होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही पनि बढुवा हुने प्रतिस्पर्धामा छन् ।
यही टोलीका तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल २०७७ को बैशाखमा बढुवा भएका
हुन् ।
११४ कै ब्याचबाट २०७७ को माघमा १५ जना एसपी भएका थिए ।
जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही छन्।उनीहरुमध्ये अमरेन्द्रबहादुर, श्यामसिंह, सुरेश, राजकुमार र योगेन्द्रसिंह राजनीतिक पहुँचका आधारमा शक्तिशाली देखिएका छन्। त्यस्तै, २०७८ को मंसिरमा एसपीहरु समेत आफुहरुको समेत तीन
वर्ष अवधि पुगेकाले योग्य भएको भन्दै शक्तिकेन्द्र धाउन थालेपछि बढुवामा झन्– झन् प्रतिस्पर्धा
बढ्दै गएको हो ।
ढिलाई हुँदा बढुवामा अस्वस्थ चलखेल बढेका छन् ।
त्यस्तै, तीन एसएसपी डीआईजीमा बढुवा हुनेछन् । त्यसपछि मात्र एसएसपी बढुवा हुने भएकाले अझै एक महिना लाग्ने सम्भावना देखिएको छ।
बढुवामा अत्याधिक चलखेल र राजनीतिकरण भएपछि एक साताअघि आईजीपी कुँवरले शक्तिकेन्द्र धाउनेलाई कारबाही गर्ने भन्दै परिपत्र समेत गरेका थिए ।
तर, त्यो परिपत्रलाई कसैलाईले टेरेका छैनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles