नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महाननिरीक्षक (एआईजीपी)
किरण बज्राचार्य र भरत बहादुर बोहरा एक
सातामा अवकाशमा
जाने भएका छन् ।
बोहरा पुस १४ र बज्राचार्य पुस १६ मा अवकाशमा जान लागेका हुन् । उनीहरूको अवकाशपछि बढुवा प्रक्रिया अघि
बढाइने ।
पुस १६ भन्दा पछि दुई जना डीआईजीहरु एआईजीमा बढुवा हुन्छन् । एआईजी बढुवापछि मात्र डीआईजीको बढुवा हुने
प्रक्रिया हुन्छ ।
डीआईजीहरु जनक भट्टराई, कुवेर कडायत, रवीन्द्र केसी, लालमणि आचार्य, चन्द्रकुवेर खापुङ र कृष्णहरि शर्मा मध्येबाट दुई जना एआईजी हुन्छन् । दुई एआईजीको बढुवापछि प्रहरीमा ५ जना डीआईजीको दरबन्दी
रिक्त हुन्छ ।
त्यसपछि मात्रै ५
जनाको बढुवा निकाल्नेगरी मन्त्रालय र प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि डीआईजीको ३ वटा दरबन्दी रिक्त छन् ।
मेरिट सूचीमा पछाडि रहेका ३ जनालाई गृहमन्त्री रमेश लेखकले दरबन्दी थपेर बढुवा गर्न चाहन्थे । एसएसपीहरू राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य र गोविन्द थपलिया मंसिर पहिलो सातामा बढुवा गर्न खोजिएको
थियो । तर
भट्ट गृहमन्त्रीका नातेदार हुन् । दिनेश आचार्य प्रहरी महानिरीक्षक वसन्त कुँवर निकट मानिन्छन् ।
उनीहरू २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका थिए । तर, आईजीपी वसन्त कुँवरसँगै प्रहरीमा प्रवेश गरेका भोला बहादुर
रावल, ध्रुवराज राउत र गणेश चन्दलाई छुटाउँदा विवाद हुने भएपछि त्यसबेला जुनियरलाई बढुवा गर्नबाट हच्किएको बताइन्छ ।
मंसिर १७ मा ध्रुवराज राउतसहित ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएको बुझिएको छ ।
उक्त बढुवाअघि गृह मन्त्रालयले अरू ३ जना डीआईजीको दरबन्दी थपेर ११ जनालाई डीआईजीमा बढुवा गर्न खोजेको थियो । तर, अर्थ मन्त्रालयले नयाँ दरबन्दी थप्ने प्रस्ताव अस्वीकार गरेपछि ८ जना मात्र डीआईजीमा बढुवा भएका हुन् ।
डीआईजी हुने प्रतिस्पर्धामा को को छन् भने,
ओम राना,
ईश्वर कार्की,
राजेन्द्र प्रसाद भट्ट,
दिनेश कुमार आचार्य र अरुण पौडेल रहेको बताइन्छ ।
प्रहरी वरिष्ठ उपरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया २०५४ चैत
१८ मा प्रहरीमा प्रवेश गरेका हुन् ।
ओम राना २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेर
नेपाल प्रहरीमा
आएका हो ।
उनीहरूसँगै सेवा प्रवेश गरेका दान बहादुर कार्की, डा. मनोज केसी र राज अधिकारी डीआईजीमा बढुवा भैसकेका छन् ।