Monday, June 30, 2025

राजश्व न्यायाधिकरण अध्यक्षमा प्याकुरेल सिफारिस:

ताजा / भरखरै प्राप्त

न्याय परिषद्ले राजश्व न्यायाधीशकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ।
आज बसेको न्याय परिषद्को बैठकले उनलाई कानुन सदस्य एवं अध्यक्षको रूपमा
तोकेको हो ।
उक्त निर्णय अव मन्त्रीपरिषद्ले पारित गरेपछि लागू हुनेछ।
यसअघि उच्च अदालत पाटनकै न्यायाधीश रमेश ढकाल अध्यक्ष रहेका
थिए ।
उनको स्थानमा प्याकुरेललाई ल्याइएको
हो । राजश्वका मुद्दाहरू सुन्ने उक्त न्यायाधिकरणमा अन्य दुई सदस्य भने बाहिरका व्यक्तिहरू हुन्छन् । हाल राजश्व सदस्यमा टङ्कनाथ पौडेल छन् भने लेखा सदस्यमा वासुदेव
खनाल छन् ।
आयकर, मूल्य अभिवृद्धि कर र भन्सारसम्बन्धी निकायका मुद्दा राजस्व न्यायाधिकरणमा पुग्छन् । आन्तरिक राजस्व विभागले गरेको निर्णय विरुद्ध व्यवसायी न्यायाधिकरण पुनरावेदन जाने गर्दछन् । राजस्व न्यायाधिकरणमा सम्बद्ध पुनरावेदन अदालतका वरिष्ठ न्यायाधीशको अध्यक्षतामा लेखा र राजस्वका उपसचिव सदस्य सम्मिलित इजलासले मुद्दाको सुनुवाइ गर्छ ।
न्यायपरिषद्ले सिफारिस गरेका पुनरावेदनका न्यायाधीशलाई मन्त्रिपरिषद्ले न्यायाधिकरणको अध्यक्षमा नियुक्ति गर्नुपर्छ ।
मुख्य न्यायाधीश पछिको वरिष्ठ न्यायाधीशलाई न्यायाधिकरणको अध्यक्ष नियुक्त गर्ने चलन छ । आन्तरिक राजस्व र भन्सारले अर्धन्यायिक निकायका रूपमा गरेका फैसलामा चित्त नबुझे सम्बन्धित विभागमा हुने प्रशासनिक पुनरावलोकनमा बिगोको एक तिहाइ रकम राखेर पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था छ। देशभर चारवटा राजश्व न्यायाधिकरण रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles